पोखरा-
उपनिर्बाचनका लागी उम्मेद्वारी दर्ता गराउने दिन नै कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय नजिकै टुरिष्ट बसर्पाक भित्र टाइम बम बिस्फोट भएको हो । करिब १० :४० को समयमा विस्फोट भएको थियो ।
जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरे ।
कास्किको निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको बताइएको छ । छ ।घटनाबारे थप बिबरण आउन बाकी छ ।
घटना पछी त्यस क्षेत्रको सुरक्षा ब्यबस्था कडा बनाइएको प्रहरिको भनाइ छ ।










