काठमाडौं-
नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा पारेको विरोधमा नेविसंघ काठमाडौं र पशुपति कलेज इकाइले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन ।।
नेपालको लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा भूमीमा समेटेपछि नेविसंघले विरोध प्रर्दशन गरेको हो।
नेविसंघले उक्त नक्सा तत्काल खारेज गर्न समेत माग गरेको छ ।
प्रदर्शनमा सहभागीहरू बिधार्थिहरुले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’लगायतका नारा लगाएका थिए।
भारतले नेपालको भूभाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि विद्यार्थीहरु देश्ब्याप्यी आन्देलित भएका छन ।










