प्रधानमन्त्री ओलीले बोलाए सर्वपक्षीय बैठक



काठ्माण्डौ-

नेपाली भू-भाग भारतिय नक्सामा समावेश गरिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय सर्वपक्षीय बैठक बोलाएका छन्।

भारतले जारी गरको नयाँ नक्सामा लिम्पीयाधुरा, कालापानी र लिपुलेक समावेश गरिएकोबारे छलफल गर्न शनिबार दिउँसो ४ बजे बालुवाटारमा प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले बताए।

बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका प्रतिनिधिहरू र सिमाबिदलाई समेत बोलाइएको छ।

प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार  १२ : ५५ बजे