न्यू सञ्चार , दार्चुला –
दार्चुलामा १३ जना नेकपा कार्यकर्ताहरु नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालीका ५ स्थित बगौरामा भएको एक कार्यक्रममा उनिहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेकपा परित्याग गरिकांग्रेस प्रवेश गर्नेहरुलाईलाई कांग्रेस नेता एबम सांसद दिलेन्द्र प्रशाद बडु, कांग्रेसका जिल्ला सभापती ललित सिह बोहरा,लगायतले सदस्यता दिएर स्वागत गरेका छन ।
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी त्याग गरी नेविसंघमा ९ जना, अखिल शिक्षक संगठन त्याग गरी नेपाल शिक्षक संघमा एक जना र ३ जना नेकपा त्याग गरी कांग्रेसका प्रवेश गरेका हुन् ।
नेकपाका कार्यकर्ताहरु पुष्कर रावल , गोबिन्द रावल ,सुरेन्द्र सिंह रावल , श्रीराम नेपाली , मदन रावल , आन सिंह रावल , रबिन्द्र बादी , धनिराम बादी र पुरन रावल, गगन सिंह डागा, रेपाधन डागा , प्रेम सिंह डागा, नरेस सिंह डागा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा बोल्दै कांग्रेस नेता दिलेन्द्र प्रशाद बडुले अहिले देशैभरी कांग्रेस प्रती जनाताको आकर्षण बढी रहेको बताए ।
नेता बडुले बर्तमान सरकारले जनाताको छ हना अनुसार काम गर्न नसकेको आरोप लगाए ।










