काठमाडौं –
प्रधानमन्त्री निवास बालुवाटरमा सर्वदलीय बैठक सुरु भएको छ ।
भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेको विषयमा चर्को विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका हुन ।
बैठकमा पूर्वप्रधानमन्त्रीहरु,सरकारका मन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु,प्रमुख राजनीतिक दलका प्रतिनिधि लगायत सहभागी छन्।
बिबादित सिमाको बिषयमा बैठकले कुनै ठोस निर्णय गर्ने ठानिएको छ ।








