काठ्माण्डौ-
सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले मिचेको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नमिल्ने बताएका छन्।
राज्यव्यवस्था समितिले उक्त बिषयमा राखेको छलफलमा बोल्दै अध्यक्ष दाहालले यस्तो भनाई राखेका हुन्।
सीमा विवादको विषयलाई कूटनीतिक रुपमा समाधान गर्नुपर्नेसमेत उनले प्रष्ट पारे। ‘सीमा विवादको विषयलाई अहिले नै अन्तर्राष्ट्रियकरण गरियो भने समस्या पैदा हुन सक्छ’, प्रचण्डले थपे,’त्यसैले यो विषयलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छैन, यो समस्याको समाधानका लागि राजनीतिक र कूटनीतिक पहल गर्नुपर्छ।’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतविरूद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएपछि दाहालले यस्ताे भनाइ राखेका हुन्। सांसद सुवालले भारतले नेपालको भूमि आफ्नो नक्सामा राखेपछि अब अन्तर्राष्ट्रिय अदालत जानुपर्ने तर्क गरेका थिए।
‘सिमाको बिषयमा प्राधाअनमन्त्री ओलि कै आह्वानमा शनिबार बसेको सर्वदलीय बैठकले कालापानी-लिपुलेक-लिम्पियाधुरा नेपालकै भूभाग हो भन्ने निष्कर्ष निकालिसकेको छ।
यो अहिलेको सर्बाधिक चासोको बिषय बनेको छ ।








