विगतमा कम्युनिष्ठहरुसग मिलेर जान खोज्नु कांग्रेसकालागी ठुलो घाटा : कांग्रेस महामन्त्री कोईराला



न्यू सञ्चार, हेटौडा-

कांग्रेस महामन्त्री डा . शशांक कोईरालाले विगतमा नेपालका कम्युनिष्ठहरुसग मिलेर जानु कांग्रेसका लागी अफाब सिद्द भएको बताएका छन ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र कांग्रेस मकवानपुरको संयोजनमा ३ नम्बर प्रदेश स्थित ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई मकवानपुरको हेटौंडामा सम्बोधन गर्दै महामन्त्री कोइरालाले कम्युनिष्टहरुको भर पर्दा कांग्रेसले सघै धोखा पाएको  यस अघिका निर्बाचनमा कम्युनिष्टहरु सग मिल्न खोज्दा कांग्रेसकालागी ठुलो घाटा भएको बताएका हुन ।

कांग्रेसको नेतृत्व कम्युनिष्टहरुको चङ्गुलमा फस्दा कांग्रेस कमजोर हुन पुगेको र सैद्दान्तिक रुपमा पनि पार्टीमा बिचलन आएको कोइरालाको भनाइ थियो ।

कांग्रेसको बिगत स्मरण गर्दै महामन्त्री कोइरालाले  हिजो विपि कोईरालालाई पनि कम्युनिष्ठहरुले राणा, दरबार र र पञ्चसंग घाटी जोडेर नेपाली नेपाली कांग्रेसलाई  धोका दिएको उल्लेख गरे ।

विपि कोईरालाले २०१५ सालमा छोटो समयमा नेपालमा गाउँ गाउँमा विधालय, स्वास्थ्य चौकी ,मोटर वाटो ,भुमिसुधार लगायत धेरै काम  विगतका नेपाली कांग्रेसको सरकारले धेरै जन्ताको काम  गरेको उल्लेख गर्दै कोइरालाले उक्त समय देशका लागी ऐतिहासिक र कांग्रेसका लागी सदैब गौरब पुर्ण रहेको बताए ।

प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार  १२ : ४८ बजे