“म प्रधानमन्त्री हुँदा कालापानीको विषय उठाए तर अहिलेको सरकारले सकेन” : कांग्रेस शभापती देउबा



काठ्माण्डौ-

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदार रूपमा उठाएको बताएका छन् ।

सभापति देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने भए पनि बर्तमान सरकाले राष्ट्रवादको नारा मात्रै लाएको तर त्योअनुसार काम गर्न नसकेको आरोप लगाए ।

कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय शसक्तरुपमा उठान नगरेको आरोप लगाए ।

“कालापानी नेपालको भू–भाग हो”, उनले भने, “मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु ।”

महाकाली सन्धीमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै उनले महाकालीको पानी पनि आधा–आधा हुने सन्धीमै स्पष्ट रहेको बताए ।

भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने पनि उनले बताए।रासस –

प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार  ७ : ०७ बजे