भक्तपुरका कांग्रेस उम्मेदवार भडेललाई परेको मातृशोक प्रती कांग्रेस बरीष्ट नेता पौडेलद्वारा दुख ब्यक्त



काठ्माण्डौ-

मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ (क) प्रदेश सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई परेको मातृशोक प्रती नेपाली कांग्रेसका बरीष्ट नेता रामचन्द्र पौडेलले दुख ब्यक्त गरेका छन ।

बरीष्ट नेता पौडेलले सामाजिक सञ्जाल मार्फत समबेदना सन्देश ब्यक्त गर्दै कांग्रेसका उम्मेदवार श्री कृष्णलाल भडेलकी ममतामयी आमा सेतिमाया भडेलको दु:खद निधन भएको खबरले आफु स्तब्ध भएको उल्लेख गरेका छन ।

नेता पौडेलले मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना समेत गरेका छन ।

कांग्रेस उम्मेदवार भडेलकी आमा सेतिमाया भडेलको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा आइतबार बिहान निधन भएको थियो ।

यसैबिच नेपाली कांग्रेस भक्तपुर प्रदेश सभा क्षेत्रीय कार्य समितिले अर्को निर्णय नहुदासम्म पुर्वनिर्धारित सवै चुनावी कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ ।

प्रकाशित मिति : मंसिर १, २०७६ आइतबार  ५ : २२ बजे