नेकपा सचिबालय बैठक : मन्त्रिपरिषद् पुनर्गठनको अधिकार प्रधानमन्त्री ओलीलाई



काठ्माण्डौ-

आज (आइतबार्) बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको सम्पूर्ण अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठकमा मन्त्रिमण्डल पुर्नगठन को बारेमा भएको तयारी जानकारी गराएका थिए।

बैठकबारे जानकारी दिदै सचिवालयका एक सदस्यले मन्त्रिमण्डल पुर्नगठन एक-दुई दिनभित्र टुंगो लगाउने गरी छलफल भएको बताए । प्रधानमन्त्रीले मुख्य नेताहरुसँग छलफल गरी पुर्नगठनको तयारी गरिसकेका छन् ।

ओलीले वामदेव गौतमलाई उपप्रधानमन्त्रीको प्रस्ताव गरिसकेका छन् । गौतमलाई गृह या अर्को कुनै शक्तिशाली मन्त्रालय दिएर उपप्रधानमन्त्री बनाउने तयारी भएको छ ।

प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार  २ : ०१ बजे