काठ्माण्डौ-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम युबा नेता प्रदीप पौडेलले देश जोगाउन नसक्ने पनि सरकार हुन्छ र ? भन्ने प्रश्न गर्दै नेपालको सरकार प्रती आक्रोश ब्यक्त गरेका छन ।
भारतले नेपाली सिमाना हडपेको प्रती इङ्गित गर्दै नेता पौडेलले सीमा विवाद पुरानो भएको र पहिलेका सरकारहरूले पनि भारतसँग विषयवस्तु राख्न नसकेका कारण सिमा मिचिनेक्रम नरोकिएको समेत उल्लेख गरेका छन ।
सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै पौडेलले फेरि त्यही नियति दोहोरिने खतरा रहेको जनाउदै के हामी हाम्रो सीमा रक्षा गर्न सक्दैनौं त ? भन्ने प्रश्न उठाएका छन ।जस्तो सरकार भएपनि अन्त्यमा उही लम्पसारवाद नै लागू भइ रहेको पौडेलको टिप्पणी छ ।
नेता पौडेलाले भारतसँग सिमा बिबाडाँकाअ विषयवस्तु स्पष्ट राखेर कुटनितिक तबरालए समस्याअ समाधान गर्न सक्ने सरकारको जरुरत औल्याएका छन ।
जोसुकै सरकारमा पुगे पनि अन्त्यमा अन्त्यमा उही लम्पसारवाद अङ्गालेकोमा पौडेलले आक्रोश ब्यक्त गरेका छन ।
सीमा विवाद पुरानो हो ।पहिलेका सरकारहरूले भारतसँग विषयवस्तु राख्न नसकेका कारण मिचिनेक्रम रहिरह्यो ।फेरि त्यही नियति दोहोरिने खतरा छ ।जस्तो सरकार भएपनि अन्त्यमा उही लम्पसारवाद नै लागू हुन्छ ।@PM_Nepalके हामी हाम्रो सीमा रक्षा गर्न सक्दैनौं त ? देश जोगाउन नसक्ने पनि सरकार हुन्छ र ?
— Pradip Paudel (@paudelpradipNC) November 17, 2019














