मन्त्रीमण्डल पुनर्गठनको अन्तिम तयारी : मन्त्रीबारे टुङ्गो लगाउन नेकपा सचिवालय बैठक



काठ्माण्डौ-

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डले मन्त्रीमण्डलमा हेरफेरको टुंगो लगाउन राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेकाका छन् भने नयाँ मन्त्री चयनबारे छलफल गर्न बुधबारनै नेकपा सचिवालय बैठक बोलाईएको छ ।

प्रधानमन्त्री ओली सबै मन्त्रीलाई एकैपटक हटाएर नयाँ अनुहार र पुरानालाई मिलाएर मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारीमा रहेको बुझिएको छ ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका थिए। बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिदै आफू नयाँ ढंगले अघि बढ्न लागेको भन्दै अहिलेसम्म साथ दिएकोमा मन्त्रीहरुलाई धन्यवाद दिएका थिए ।

बर्तमान मन्त्रीमण्डलमा रहेका मध्य कम्तिमा आधा मन्त्री हट्ने बुझिएको छ ।प्रधानमन्त्री निकट स्रोतका अनुसार सबै मन्त्रीलाई हटाएर नयाँ र पुरानालाई मिलाएर पुनः सपथ ग्रहण गराउनेबारे पनि छलफल चलेको छ ।

प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार  ७ : २१ बजे