सरकारमा बसेकाहरुलाई सुबिघा बढाउन जनतालाई करको भारी बोकाउने ? कांग्रेस वरिष्ठ नेता पौडेल



धनकुटा :

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा बसेकाहरुले आफ्नो सुबिघा बढाउने , मोज मस्तिमा लाग्ने तर जनतालाई करको भारी बोकाएर मात्रै सम्बृद्दी नआउने बताएका छन ।

प्रेस युनियन धनकुटा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले सरकार  देशमा भ्रष्टाचार असुरक्षा र सार्बजनिक सम्पतिको दुरुपयोग अत्याधिक बढेको अवस्थामा  सरकार यही गतिमा अघी बढे स्वदेशी लगानीकर्ता, दाता र सहयोगीहरू भाग्ने स्थिती आउने दाबी गर्दै यस्तो बताएका हुन ।

वरिष्ठ नेता पौडेलले बर्तमान सरकारले कांग्रेसले शुरु गरेका बिकाश आयोजनाहरुको उद्घाटन गर्न र फोटो खिच्न बाहेक अरु केहि गर्न नसकेको आरोप लगाए  ।सरकारले जनतालाई न्याय र सुशासन दिन नसकेको, पक्षपातपूर्ण शासन गरेको र कम्युनिष्ठ सरकारबाट अब न्याय र सुशासन सम्भब पनि नरहेको नेता पौडेलले दाबी गरे ।

सरकार देशको प्राथमिकता र जनताका आवश्यकता छुट्याउन असफल भएको बारीष्ठ नेता पौडेलको भनाइ थियो ।

नेपाल र भारत बिचको सिमा बिबादका बारेमा   बोल्दै वरिष्ठ नेता पौडेलले देशका आम नागरिक र प्रमुख प्रतिपक्षी दलले समेत मिचिएको भूमि फिर्ता गराउने मुद्धामा सरकारलाई साथ दिएपनि सरकारले कुटनीतिक क्षमता प्रदर्शन गर्न नसकेको आरोप लगाए  ।

दुवै देशका प्रधानमन्त्रीस्तरमै छलफल गरेर अतिक्रमित सीमा सम्बन्धी समस्याको निरुपण गरिनुपर्ने पौडेलको भनाई थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले अब कांग्रेसले आफूभित्रको कमजोरी हटाएर जनताको भरोसा बन्नुपर्नेमा पनि बिशेष जोड दिए ।

प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार  १० : ५३ बजे