राष्ट्रपति विद्या भण्डारीलाई गगन थापाको प्रश्न :तपाइ राष्ट्र प्रमुख कि नेकपा प्रमुख ?



काठमाडौं –

काँग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्र प्रमुख कि नेकपाको प्रमुख भन्दै प्रश्न गरेका छन् ।

बुधबार बिहान नेकपाको बैठकले मन्त्रीमण्डल पुनर्गठनबारे छलफल गर्नुअघि प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको प्रती इंकित गर्दै थापाले सामाजिक सञ्जाल ट्विटर मार्फत प्रश्न उठाएका हुन ।

युबा नेता थापाले संविधानत:राष्ट्रप्रमुखलाई पार्टी राजनीति गर्ने अधिकार नभेको उल्लेख गर्दै राष्ट्रपति संस्था हाे भनेर कहिल्यै बुझ्न नचाहेको र राष्ट्रपति संस्थाको गरिमा राख्न समेत नसकेको टिप्पणी गरेका छन ।

प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै थापाले गणतन्त्र ल्याउन नचाहनेहरुले गणतन्त्रमा राष्ट्रपति संस्था हो भन्ने नबुझेको टिप्पणी गरेका छन ।

प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार  ३ : ०८ बजे