नयाँ मन्त्री तथा राज्यमन्त्रीको सपथग्रहण हुँदै



मन्त्रिमण्डल पुनर्गठनमा परेका ९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको बिहीबार सपथग्रहण हुँदैछ ।

पुनर्गठित मन्त्रिमण्डलको सुची अनुसार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण बिष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, उद्दोग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणी खनाल, कृषिराज्यमन्त्री रामकुमारी चौधरी हटाइएका छन् । महासेठ, बिष्ट, थापा र पण्डित पूर्व एमालेबाट मन्त्री बनेका हुन् । यादव, खनाल र चौधरी पूर्व माओवादी कोटाका हुन् ।

यसैगरी उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि प्रधानमन्त्री ओलीले दबाब सृजना गरेका छन् । उनलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा पठाइएको छ । भारत भ्रमणमा रहेका यादवले यसको जानकारी पाएलगत्तै निकटस्थसँग असन्तुष्टि जनाइएको बुझिएको छ ।

ओली मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरुले सपथ खाँदैछन् । जसमध्ये घनश्याम भुषाल पहिलोपटक मन्त्री बनेका छन् । भुषाल विचारक हुन् । वसन्त नेम्वाङ पहिलोपटक मन्त्री बनेका छन् । पूर्व माओवादीबाट लेखराज भट्टको प्रवेश भएको छ ।

प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार  ४ : ५० बजे