५ मंसिर, काठमाडौं –
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्री र ३ राज्य मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।
शपथ लिने नयाँ मन्त्रीमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ रहेका छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् ।
शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको कार्यभार सम्हालेर काम गर्न बाटो खुलेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राती आफ्नो नेतृत्वको मन्त्रिपरिषद पुनर्गठन गर्दै ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जनालाई समावेश गरेका थिए ।










