थुनामा राख्ने काठ्माण्डौ जिल्ला अदालतको आदेशविरुद्ध निवर्तमान सभामुख महरा उच्च अदालतमा



काठ्माण्डौ-

बलात्कारको प्रयासको अभियोगमा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले पुर्पक्षका लागी थुनामा राख्ने काठ्माण्डौ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत, पाटनमा निवेदन दर्ता गराएका छन् ।

महराले दर्ता गराएको निबेदनमा जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्न माग गरेका छन ।

महरा बिरुद्दको अभियोगमा सुनुवाइ गर्दै जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले गता कात्तिक १८ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

काठ्माण्डौ जिल्ला अदालतको उक्त आदेशसगै महरालाई डिल्लीबजार कारागारमा राखिएको छ ।

प्रकाशित मिति : मंसिर ५, २०७६ बिहिबार  १ : ०३ बजे