काठ्माण्डौ-
पार्टी अध्यक्ष उपेन्द्र यादव भारत गएको बेला आफ्नो पार्टिसग कुनै सल्लाह नगरि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेको प्रति सत्तारुढ समाजवादी दलले आपत्ती जनाएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव भारत गएको र अर्का अध्यक्ष डा .बाबुराम भट्टराई काठमाडौं बाहिर रहेकोले अध्यक्षद्वय काठ्माण्डौ आएपछी तत्कालै बैठक बसेर मन्त्रीपरिषद् पुनर्गठन प्रति पार्टिको धारणा सार्बजनिक गरिने उक्त पार्टिका सूचना तथा सञ्चार विभाग उपप्रमुख विश्वदिप पाण्डेले जानकारी दिएका छन ।
अध्यक्षद्वय यादव र भट्टराई काठ्माण्डौ बाहिरा रहेकोले काठमाडौंमा भएका पार्टी पदाधिकारीको अनौपचारिक बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेकोप्रति आपत्ती समेत प्रकट गरेको हो ।
डा .बाबुराम भट्टराईले यस अघी पनि पटक पटक आफ्नो पार्टी सरकारबाट बाहिरिने बताउदै आएका थिए भने उपेन्द्र यादव भारत गएको बेला उनलाई कुनै जानकारी नदिइ र सल्लाह नगरि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेको उनले आफु निकटहरुसग असन्तुष्टी ब्यक्त गरी सकेका छन ।
सरकार र प्रधाअनमन्त्री ओलिसग यादब र भट्टराइ दुबै नेता असन्तुष्ट बनेका बेला अब बस्न लागेको उक्त दलको औपचारिक केन्द्रिय समिती बैठकलाई महत्वपुर्ण रुपमा हेरिएको छ ।कार्यकारीणी अध्यक्ष यादब स्वदेशमा नभएका बेला भएको राजनितिक उत्तरचढावप्रति सो पार्टीका केही नेता कार्यकर्ताहरुमा अन्योलता छाएको र अध्यक्ष यादव फर्केपछि कुनै महत्वपूर्ण निर्णय हुने प्रतिक्षामा रहेको उक्त दलका एक नेताले बताए ।
अब बस्ने बैठकले निर्णय गरेर समाजवादी दलले सरकारबाट बाहिरिने निर्णय गर्ने सम्भाबना रहेको उक्त दल निकट श्रोतले बताएको छ ।








