त्रिचन्द्र क्याम्पसका प्रमुख न्यौपानेलाई कुटपिट गर्ने अनेरास्ववियूका दुइ कार्यकर्ता पक्राउ



काठमाडौँ,
त्रिचन्द्र कलेज घण्टाघरका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन् ।

सोमबार बिहान क्याम्पसभित्र प्रवेश गर्ने बित्तिकै विद्यार्थीको हुलले न्यौपानेमाथि कुटपिट गरेको हो ।

विज्ञान स‌ंकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ र नेकपा निकट अनेरास्ववियूका विद्यार्थीले कुटेको बताइए पनि कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले उक्त घटनामा आफ्नो सम्लग्नता नभएको बताएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ ।

काठमाडौँ प्रहरी परिसर, टेकुका डिएसपी होविन्द्र बोगटीका अनुसार अनेरास्ववियू मनराज थापा र गोविन्द थपलिया पक्राउ परेका हुन् ।

न्यौपानेलाई प्रहरीले उद्धार गरेर उपचारका लागी वीर अस्पतालमा लगिएको डिएसपी बोगटीले जानकारी दिए । उनको हातमा चोट लागेको जनाइएको छ ।

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  ८ : ५४ बजे