सरकारको गलत रवैया र अधिनायबादलाई परास्त गर्न रुखमा मतदान : नेता प्रदिप पौडेल



न्यू सञ्चार,बाग्लुंङ-

नेपाल तरुण दल बाग्लुंङको आयोजनामा आज बुर्तिबाङमा तरुण भेला सम्पन्न भएको छ ।

उक्त भेला कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बाग्लुङ २ २ प्रदेश सभा उपनिर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि पार्टीको केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलले विशेष सम्बोधन गर्दै यो उपनिर्वाचन कांग्रेसले जित्ने सुनिश्चित छ र सरकारको गलत रवैया र अधिनायबादी सोचलाइ परास्त गर्न सरकारलाई सहि बाटोमा हिँडाउन पनि यो निर्वाचनमा जनताले कांग्रेसका पक्षमा मतदान गर्नेछन् भन्ने विश्वास लिएको बताउनुभयो ।

अहिले मतदाता धेरै सचेत भइसकेको र कहिँ कतै भ्रामक प्रचारबादी गरेर डर, त्रास र विभिन्न प्रलोभनमा पार्न सक्ने कुरामा सचेत रहँदै त्यस्ता गलत क्रियाकलापको सशक्त प्रतिवाद गर्न तरुणहरु अझ प्रभावकारी ढंगले परिचालित हुन आवश्यक रहेको पौडेलले बताए ।

बाग्लुङको जनताको भावनालाई सही ढंगले मुखरीत गर्न, निष्पक्ष स्वार्थ र धाधली रहित निर्वाचन सम्पन्न गराउन पनि मूख्यपूर्ण भूमिका रहन्छ । यदि कसैले राज्य शक्ति र अभद्र प्रकारका प्रभाबहरु मतदातालाई आफ्नो अधिकार उपयोग गर्ने अवसरबाट वन्चित गरे त्यसमा डटेर सामना गर्न तरुणहरु पछि पर्नु हुँदैन ।
पौडेलले यो निर्वाचनले सरकारलाई सच्चिन र जनताका पक्षमा काम गर्न सवक सिकाउने हुँदा कांग्रेसका पक्षमा जनमत रहेको पनि प्रष्ट पार्नुभयो ।भेलामा तरुण दल केन्द्रिय अध्यक्ष जितजग बस्नेतले लगायतका नेताहरूले समेत सम्बोधन गरेका थिए ।

आज विहानैदेखी पौडेलले चुनावी प्रचारका कार्यक्रमलाई अगुवाई गर्दै बुर्तिवाङ बजार क्षेत्रमा घरदैलोमा पुगेर जनताका चाहाना मत र भावनालाई बुझी नेपाली कांग्रेसको उम्मेदवारका पक्षमा रुख चिन्नमा मत हाल्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार  ६ : ०९ बजे