कमर्श क्याम्पस मिनभवनमा नेविसंघका बिधार्थिमाथी आक्रमण गर्ने अखिलका कार्यकर्ताहरुलाई तत्काल कडा कार्बाही गर्न कांग्रेसको माग



न्यू सञ्चार, काठ्माण्डौ-

नेपाल कमर्श क्याम्पस, मिनभवनमा हिजो क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसंघ र अनेरास्ववियुको बीचमा छलफल भई बाहिर निस्कने क्रममा अनेरास्ववियुका कार्यकर्ताहरुले नेपाल विद्यार्थी संघ इकाई सभापति सरोज तिमिल्सीना, निरज शाह लगायत १० जना विद्यार्थीहरुलाई सांघातिक रुपमा खुकुरी प्रहार गरी घाइते बनाएको घटना प्रती नेपाली कांग्रेसले आप्पती प्रकट गरेको छ ।

नेपाली कांग्रेसले एक बिज्ञप्ती जारी गर्दै घटनापछि नेपाल प्रहरीको डिएसीको नेतृत्वमा पुगेका सुरक्षाकर्मीले समेत अनेरास्ववियुका विद्यार्थीहरुलाई संरक्षण गर्दै नेविसंघका विद्यार्थीहरुलाई निर्घात रुपमा पिट्ने काम गरेको प्रती खेद ब्यक्त गरेको छ ।

शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुमाथि अनेरास्ववियुबाट भएको सांघातिक आक्रमणको निन्दा गर्दै आक्रमणकारी अनेरास्ववियुका विद्यार्थी एवं घटनामा संलग्न सुरक्षाकर्मीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेसले जोडदार माग गरेको छ ।

साथै बिज्ञप्ती मार्फत नेपाली कांग्रेसले घाइते विद्यार्थीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।उक्त घटनामा परी घाइते भएका बिधार्थिहरुको हाल ललितपुर स्थित बीएण्डबी अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार  ७ : ३२ बजे