न्यू सञ्चार, पोखरा-
नेकपा अध्यक्ष प्रचण्डले पोखरामा हिजो दिएको अभिब्यक्ती लाई लिएर कास्कीका जेष्ठ नागरिकहरुले सडकमा बिरोध जनाएका छन ।
नेकपाको चुनाबी सभामा बोल्दै प्रचण्डले कांग्रेस उमेदवार खेमराज पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको भन्दै दिएको अभिब्यक्तिले द्धबृद्धाहरुको अपमान भएको भन्दै उनिहरु प्रदर्शनमा उत्रीएका हुन ।
प्रचण्ड को अभिब्यक्ती पछी पोखराका जेष्ठ नागरिकहरु प्रचण्ड सगा असन्तुष्ट बनेका छन ।असन्तुष्ट जेष्ठ नागरिकहरु बिहिवार चिम्लेढुङगामा जम्मा भएर प्रचण्डले दिएको अभिब्यक्तिको विरोध गरेका हुन ।
तेस्तै काँग्रेसका केन्द्रीय सदस्य एवं कास्की २ का काँग्रेसका चुनावी कमाण्डर डा .मिनेन्द्र रिजाले काँग्रेस उम्मेदवारको उमेरमाथिको टिप्पणीले काँग्रेसका उम्मेदवारको उचाई बढाएको दाबी गरेका छन ।
उनले ८० वर्षका गिरिजाप्रसाद कोइरालालेले प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याएको समेत स्मरण गराएका छन ।डा . रिजाले खेमराज पौडेललाई सांसद वनाएर संसदमा लिएर जाने दावी गरेका छन् ।








