काठमाडौं, १२ मंसिर –
सरकारले सरकारले कुटनीतिक तरिकाले सीमा समस्या समाधान गर्ने संचारमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।
सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री बास्कोटोले कालापानीमात्र नभई लिम्पियाधुरासम्म नेपालको भू-भाग रहेको भन्दै त्यसलाई वार्ताको टेबुलमा पेश गर्ने बताए । उनले भने, ‘हामी प्रमाणसहित भारतसँग टेबुलमा प्रस्तुत हुन सक्छौं ।’ सरकारले कुटनीतिक तरिकाले सीमा समस्या समाधान गर्ने उनको भनाई थियो ।
लिम्पियाधुरासम्म नेपालको सीमा रहेकोमा नेपाल सरकार स्पष्ट रहेको उनले बताए ।
मन्त्री बास्कोटाले लिम्पियाधुरासँगै सुस्ताको सिमा समस्याको पनि कुटनीतिक र राजनीतिक रुपमा समाधान गर्न पहल गर्ने बताए।
उनले नेपालले कालापानी तथा लिम्पियाधुरा सम्बन्धि नेपाल पक्षका एतिहासिक दस्तावेज कागज पत्र प्रमाण जुटाएर तथ्यगत आधारमा बार्ता गरिने पनि बताए ।










