न्यू सञ्चार,बागलुङ-
उपनिर्वाचको मौन अवधिमा निर्बाचन आचारसंहिता बिपरित मतदाताहरुलाई प्रलोभनमा पार्न खोजिएको भन्दै स्थानीयले बागलुङमा नेकपा प्रदेश सांसद चन्द्रबहादुर बुढा सहित नेकपा नेताहरुको गाडी नियन्त्रणमा लिएका छन् ।
बागलुङकाे तमानखाेला गाउपालिका- १ बाेङ्गादाेभानमा बागलुङ-२ काे प्रदेश -१ का नेकपा सांसद चन्द्र बहादुर बुढा आज बिहान स्थानिय हरुको बिचमा पुगेर विभिन्न बिकास आयोजना ल्याईदिने र आर्थिक सहयोग गर्ने प्रलोभन देखाइरहेको अबस्थामा स्थानीयले साेध-पुछ गरि आचारसंहिता बिपरित मतदाता प्रभावित गरेको भनी गाडी नियन्त्रणमा लिएका हुन ।
निर्बाचन आचारसंहिता बिपरित गाउ पसेको उक्त टोलिमा नेकपाका प्रदेश सांसद चन्द्रबहादुर बुढासहित बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना, नेकपा बागलुङ ईन्चार्ज बलावती शर्मा , राजमाेका जिल्ला अध्यक्ष अमर थापा , गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख सल्लाहकार गाेविन्द नेपाली लगायतका नेताहरु थिए।
निर्वाचन आचारसंहिताकाे गम्भीर उल्लंघन गर्दै निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा विकास अायाेजनाहरु दिने , साधन स्रोत उपलब्ध गराउने लगायत नगद बाड्ने प्रयास गरेपनि स्थानीयकाे अबरोधका कारण सफल हुन नसकेको बताइएको छ ।
बागलुङ २ (ख) मा हुने प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही र नेपाली काँग्रेसका उम्मेदवार जीत शेरचनबीच मुख्य प्रतिस्पर्धा छ ।
काँग्रेसका उम्मेदवार जीत शेरचन जितको नजिक रहेको बताइएको छ ।
हेर्नुहोस भिडियो-








