न्यू सञ्चार्, काठ्माण्डौ-
बिभिन्न ठाउहरुमा भएको उपनिर्वाचन सम्पन्न भएको छ ।
बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको मतदान अवधि भित्र मतदान सकिएको हो ।
उप निर्बाचन हुने बिभिन्न स्थानमा बम बिष्फोटका घटनाहरु भए पनि मतदानमा जनाताको सहभागिता उत्साहापुर्ण देखिएको छ । ७० प्रतिशत हाराहारी मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।
निर्वाचन भएका स्थानको मतपेटिका संकलन गर्ने कार्य शुरु भइसकेको र आजै बेलुकादेखि मतगणना सुरु गरिने निर्बाचन आयोगले जनाएको छ ।








