मतदान सकियो आजै बेलुकादेखि मतगणना सुरु गरिने



न्यू सञ्चार्, काठ्माण्डौ-

बिभिन्न ठाउहरुमा भएको उपनिर्वाचन सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको मतदान अवधि भित्र मतदान सकिएको हो ।

उप निर्बाचन हुने बिभिन्न स्थानमा बम बिष्फोटका घटनाहरु भए पनि मतदानमा जनाताको सहभागिता उत्साहापुर्ण देखिएको छ । ७० प्रतिशत हाराहारी मत  खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।

निर्वाचन भएका स्थानको मतपेटिका संकलन गर्ने कार्य शुरु भइसकेको र आजै बेलुकादेखि मतगणना सुरु गरिने निर्बाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार  १२ : १४ बजे