काठमाडौं-
आइतबार बिहान १० बजेसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
निर्वाचन आयोगका अनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका २२, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका ११, राष्ट्रिय जनता पार्टी नेपालका तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन्।
३९ स्थानको मत परिणाम हेर्दा नेकपा कांग्रेसभन्दा दोब्बर ठाउँमा विजयी भएको छ। कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ ९क०, धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको शनिबार भएको निर्वाचनको मतगणना कार्य भइरहेको छ।
प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ ९ख० को मतगणना आज शुरु हुने सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन्। रासस








