न्यू सञ्चार्,काठ्माण्डौ-
यस पटक भएको उपनिर्बाचनका क्रममा देशै भरी कांग्रेसको अवस्था सुधारिएको देखिएको छ ।
कांग्रेसले जितेका ठाउमा कम र नेकपा लगायत अन्य दलले जितेका धेरै ठाउमा उपनिर्बाचन भएको हुँदा जती ठाउमा जित हासिल गरे पनि त्यो कांग्रेसका लागी निकै फाइदाजनक हो ।यस निर्बाचन परिणामले दुइटा कम्युनिश्ट पार्टिको एकताले पनि कांग्रेसलाई फरक नपार्ने देखाएको छ ।
अहिले सम्म सार्बजनिक भएको परिणाम अनुसार प्रदेश सभा अन्तर्गत भक्तपुरमा कांग्रेसको जित पक्क पक्की जस्तै देखिएको छ ।नेकपा अध्यक्ष प्रचण्ड आफै सक्रीय रहेको चितवनका तीन वटै वडामा कांग्रेसले हित हासिल गरेको छ ।
भिभिन्न वडाहरुमा भएको चुनाबमा-
नेपाली कांग्रेसले बैतडी जिल्लाको सूर्नया गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा गजेन्द्रबहादुर चन्द विजयी भएका छन् ।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको वडा नम्बर ३ मा शोभाखर खनाल विजयी भएका छन् ।रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की बस्नेत विजयी भएकी छिन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका अमृतराज हमाल विजयी भएका छन् ।चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की बस्नेत विजयी भएकी छिन् ।दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा डाँगी चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका देवबहादुर बस्नेत ,महोत्तरी जिल्लाको बल्बा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका विपिन पञ्जियार ,बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्र भट्ट ,मोरङको धनपालथान गाउँपालिका २ मा नारायणप्रसाद साह निर्वाचित भएका छन् ।
फिदिम नगरपालिका वडा नम्बर १ मा नेकपाको तर्फबाट उम्मेदवार गजाधार भट्टराई विजयी भएका छन् ।
हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसको तिलविक्रम इधिंगो निर्वाचित भएका छन् ।








