प्रचण्डलाई मतदाताको झापड : चितवनमा चुनाब भएका तीनवटै वडामा कांग्रेस बिजयि



न्यू सञ्चार, चितवन-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमै नेकपालाई झट्का लागेको छ । शनिबार भएको उपनिर्वाचनमा त्याहाका तीन वटै वडामा नेपाली काँग्रेस विजयी भएको छ ।
आफ्ना उम्मेद्वारलाई जिताउन नेकपा अध्यक्ष प्रचण्ड स्वंम चितवनमा दौडधुप गरे पनि प्रचण्डको दौडधुप पनि खेर गएको छ ।

यस निर्बाचन परिणामले चितवनमा काँग्रेसको बलियो पकड देखाएको छ भने दुइटा कम्युनिश्ट पार्टिको एकताले पनि कांग्रेसको पकडलाई फरक नपार्ने देखाएको छ ।

।भरतपुर महानगरपालिका वडा नम्बर १६ मा काँग्रेसका उम्मेद्वार अमृतराज हमालले ३ हजार १८३ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्धन्द्धी सत्तारुढ नेकपाका उम्मेदवार भक्तराज हमालले २ हजार ८७५ मत प्राप्त गरे ।
तेस्तै चितवनको खैरहनी नगरपालिका–४ मा नेपाली काँग्रेसका उम्मेद्वार देवबहादुर बस्नेतले बस्नेतले १ हजार १ सय ३८ मत प्राप्त गरी नेकपाका उम्मेद्वार वेदबहादुर अधिकारीलाई पराजित गरे । नेकपाका उम्मेद्वार वेदबहादुर अधिकारीले ९८६ मत प्राप्त गरे ।
तेसैगरी यसैगरि खैरहनी वडा नं ।५ मा नेपाली काँग्रेसकी प्रतिमा कार्की (बस्नेत) विजयी भइन् । कार्कीले ८ सय ४२ प्राप्त गरिन् भने नेकपाका पुननारायण प्रधानले ७ सय ५६ मत प्राप्त गरे ।

प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार  ६ : ०८ बजे