भक्तपुरमा कांग्रेस उम्मेद्वार कृष्णलाल भडेल विजयी



न्यू सञ्चार, भक्तपुर-

भक्तपुरमा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ।

निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार कृष्णलाल भडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डिपी ढकालले भने ११ हजार २ सय ५ मत मात्रै प्राप्त गरे।
यसअघि यस प्रदेशसभाका नेकपाका हरिशरण लामिछाने निर्वाचित भएका थिए ।

भक्तपुरको उक्त क्षेत्र नेकपाको गढ मानिन्थ्यो ।उपनिर्बाचनमा कांग्रेसले जिते सगै नेकपाको गढ भत्किएको छ ।

प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार  ६ : २३ बजे