सुनसरी-
धरानको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार धरानमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
वडा नं १६ को मतगणना सकिदा नेपाली कांग्रेसले ४ सय २४ मतले अग्रता लिएको छ । वडा नं १६ मा कांग्रेसले २ हजार ३ सय ४१ मत पाएको छ भने नेकपाले १ हजार ८ सय ६० मत पाएको छ ।
अहिलेसम्म नेपाली कांग्रेसको पाएको कुल मत ६ हजार ८ सय ५८ मत छ भने नेकपाको मत ६ हजार ४ सय ३४ मत छ ।धरानलाई नेकपाको गढ नै मान्ने गरिएको थियो ।मतगणनामा तिब्र प्रतिस्पर्धा देखिए पनि नेकपाले मतदाताहरुमा रहेको आफ्नो पुरानो बर्चस्व गुमाएको मतगणनाका क्रममा प्रस्टै देखिएको छ । उक्त क्षेत्रमा कांग्रेसले अग्रता लिनु पनि जित सरहनै भएको स्थानियहरुले बताएका छन ।
कांग्रेस उम्मेदवार तिलक राई जितको नजिक पुगी सकेको बताइएको छ ।
तेस्तै प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङको प्रारम्भिक मत परिणाम अनुसार एक हजार ८ मत गणना हुँदा कांग्रेस उम्मेदवार जीत शेरचनले पाँच सय २५ मत ल्याएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले तीन सय ८६ मत ल्याएका छन् ।
आइतबार मध्यान्हदेखि यहाँ मतगणना सुरू भएको थियो। मतगणना जारी छ।
दुबै ठाउमा कांग्रेसका उम्मेद्वार जितको नजिक रहेको बताइएको छ ।








