सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउपालिकामा अन्य पार्टिका कार्यकर्ताहरु कांग्रेस प्रबेश



न्यू सञ्चार, सोलुखुम्बु-

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउपालिकामा बिभिन्न अन्य पार्टी परित्याग गरी ४ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।

आगामी महाधिबेशनको प्रकृया अघी बढाउनका लागी नेपाली कांग्रेसको स्थानिय तह सङ्गठन समायोजन गर्न  आयोजना गरिएको  कार्यक्रममा उनिहरु नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।

कांग्रेस प्रबेश गर्नेमा स्थानिय मानबहादुर लामिछाने ,सुजन बस्नेत,मैकुबहादुर केसी र दिनेश केसी रहेका छन ।उनिहरुलाई नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्की र सोलुखुम्बु कांग्रेसका शभापती बिनोद बस्नेतले पार्टी सदस्यता प्रदान गर्दै कांग्रेस भित्र्याएका हुन ।

कांग्रेस प्रबेश गर्नेहरुले अन्य पार्टीहरुले सरकारमा रहदा पनि जनताको कुरा सुन्न छोडेर आफ्नो मनोमानी गर्न थालेको र सोलुखुम्बु जिल्लामा अझै पनि कांग्रेसको बिकल्प नदेखिएकोले आफुहरु कांग्रेस प्रबेश गरेको  बताए ।

कार्यक्रममा बोल्दै सोलुखुम्बु कांग्रेसका शभापती बिनोद बस्नेतले सोलुखुम्बुका स्थानिय निकायहरुमा बढेको भ्रष्टाचारले जिल्लाको बिकाश प्रभाबित भइरहेको आरोप लगाए ।सभापती बस्नेतले  भ्रष्टाचार नरोकिए चुप लागेर नबस्ने उल्लेख गर्दै अहिले भइरहेको भ्रश्टाचारको खिलाफमा जिल्लाब्यापी अभियान चलाउने समेत बताए ।

बस्नेतले आगामी दिनमा जिल्लामाको सङ्गठन थप मजबुत पार्दै लागिनेमा जोड दिए ।शभापती बस्नेतले चुनाब लड्दा जनतासग गरेका बाचा नभुली काम गर्न स्थानिय तहका जनप्रतीनिधीहरुहरुलाई सुझाब दिए ।

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले गाउ गाउमा जनप्रतिनिधी आए पछी जिल्लाको बिकाशले गती लिन्छ भनेर जनताले गरेको आशा पुरा नभएको बताए । नेता कार्किले बिगतमा लामो समय सम्म गाउहरुमा जनप्रतीनिधीहरु नहुँदा बाढेको साधन श्रोतको दुरुपयोग र भ्रष्टाचार अहिले पनि नरोकिनु दुखद भएको बताउदै अहिले स्थानिय सरकार चलाउनेहरुले पनि जनतालाई निरास बनाएको दाबी गरे ।

सोलुखुम्बुका स्थानियतह र जनप्रतीनिधीहरुहरुलाई राम्रो कामका लागी र जिल्लाको बिकाश अघी बढाउनका लागी कांग्रेसले पनि सहयोग गरेको उल्लेख गर्दै नेता कार्किले प्रतिपक्षी पार्टिले सहयोग गर्दा समेत जिल्लाको  बिकाशलाई अघी बढाउन नसक्नेहरुसग थप आशा गर्न नसकिने बताए ।

नेता कार्किले जनता अझै कांग्रेसकै पक्षमा रहेको र जनताको आशा भरोशा कांग्रेस सगै जोडिएकाले कांग्रेस अझै थप जिम्मेवार बन्न जरुरि रहेकोमा समेत जोड दिए ।

आगामी महाधिबेशनको प्रकृया अघी बढाउनका लागी नेपाली कांग्रेसको स्थानिय तह सङ्गठन समायोजन निर्देसिका अनुसार गरिएको उक्त  कार्यक्रमबाट कांग्रेसका जिल्ला नेता महेन्द्रदिप राइ उक्त गाउपालिकाको शभापती बनेका छन ।

कार्यक्रममा कांग्रेस महासमिती सदस्य जय कुमार राइ,, पूर्व महासमिती सदस्य हुत्तराज बस्नेत, थुलुङ दुधकोशी गाउपालिकाका वडा शभापतीहरु भिमराज राइ र   त्रीलोक राइ लगायत  नेताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार  ६ : ३१ बजे