सत्तारुढ नेकपाको सचिवालय बैठक सम्पन्न : स्थायी समिति बैठक बोलाउने निर्णय



मंसिर २३,काठमाडौं-

सत्तारुढ नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

सचिवालय बैठकले यही मंसिर २९ गते स्थायी समिति बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा  मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पार्टीले विगतमा जितेका कतिपय स्थान गुमाएपछि संस्थागतरुपमा समीक्षा भएको थियो ।

तेस्तै बैठकले उपनिर्वाचनसम्बन्धी प्रतिवेदन केन्द्रमा पठाउन सम्बन्धित पार्टी कमिटीहरूलाई थप ५ दिनेको समय दिने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री एबम अर्का अध्यक्ष केपी शर्मा ओली भने सहभागी थिएनन् ।

प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार  ३ : ०८ बजे