२४ मंसिर, काठमाडौं –
प्रधानमन्त्री केपी शर्मा ओली १३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरे लगत्तै नियमित डायलासिस गर्न अस्पताल पुगेका छन् ।
उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएकाे हो ।
प्रधानमन्त्री ओलीको नियमित डायलासिस गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
यस अघी आजै१३ औं दक्षिण एसिया खेलकुदको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओमार्फत् सन्देश दिएका थिए ।भिडिओसन्देश मार्फत् उनले खेलमा सहभागिता जनाएका राष्ट्र,प्रशिक्षक र खेलाडीलाई समेत उनले धन्यवाद दिएका थिए ।
केहि दिन अघी मात्रै मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा’ एपेन्डीसाइटिसकाे शल्यक्रिया गरेर प्रधानमन्त्री ओलि बालुवाटार फर्केका थिए ।








