न्यू सञ्चार , काठ्माण्डौ-
पछिल्लो समय पार्टीमा बढेको बिबाद मिलाउनकालागिका कांग्रेस उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहबिच सिंह निवास चाक्सीबारीमा भएको छलफल सकिएको छ ।
बैठकमा नेवि संघ, तरुण दल, पार्टीका बिभिन्न बिभाग र महाधिबेशनको कार्यतालिका लगायतका बिषयमा सहमति गरेर अघि बढ्ने निष्कर्ष निकालिएको बताइएको छ ।विवाद समाधानका लागि दुबै पक्ष सकारात्मक देखिएका छन् । छलफलमा केन्द्रीय सदस्यहरु दिलेन्द्र प्रसाद बडु र हृदयराम थानी सहभागी थिए ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक चली रहेको छ ।केन्द्रीय समिति बैठक चलिरहेको भए पनि बैठकमा महत्वपुर्ण एजेण्डा प्रबेश नगराइ सामान्य छलफल जारी राख्ने र र नेताहरुबिच सहमती बनेपछी सहमतिका आधारमा केन्द्रिय समिती बैठकमा छलफल शुरु हुने बताइएको छ ।
सहमती जुटाउन नेताहरु बिभिन्न चरणमा छलफलमा जुटीरहेका छन ।हिजो कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाबीच छलफल भएको थियो ।
महामन्त्री कोइराला निबासमा हिजो दिनभरी नै बिभिन्न चरणका छलफलहरु भएका थिए ।








