न्यू सञ्चार,काठ्माण्डौ-
नेपाली कांग्रेसले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीको निधनप्रति दुःख व्यक्त समवेदना प्रकट गरेको छ ।
काँग्रेसले आज एक विज्ञप्तिमार्फत उहाँहरुको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । । भट्टराई र क्षेत्रीले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएको बताउँदै उहाँहरुको निधनबाट नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।








