पूर्व सांसद एबम कांग्रेस नेता ढुंगेलको उपचारका क्रममा निधन, बरीष्ठ नेता पौडेलद्वारा दुख ब्यक्त



न्यू सञ्चार, काठ्माण्डौ-

संविधानसभाका सांसद, कांग्रेस नेता रामेश्वरप्रसाद ढुंगेलको निधन भएको छ । उपचारका क्रममा ढुंगेलको मंगलबार त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको हो ।

ढुंगेल महासमिति सदस्य एवं भक्तपुर कांग्रेसका पूर्व क्षेत्रीय सभापति समेत हुन ।

नेपाली कांग्रेस पूर्व सांसद रामेश्वरप्रसाद ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । स्वर्गीय ढुंगेलको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले बिज्ञप्ती मार्फत आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

तेस्तै कांग्रेसका बरीष्ठ नेता रामचन्द्र पौडेलले पनि सामाजिक सञ्जाल फेसबुकामा शोक सन्देश ब्यक्त गर्दै ढुङ्गेलको निधनप्रती दुख ब्यक्त गरेका छन ।

निष्ठावान इमान्दार कांग्रेस नेता ढुंगेलको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति भएको उल्लेख गर्दै पौडेलले ढुंगेलको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन ।

प्रकाशित मिति : पुस १, २०७६ मंगलबार  १ : १४ बजे