काठ्माण्डौ-
आज ( शुक्रबार्) बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पौस १० गते बिहिबार बस्ने भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिबेशनको कार्यतालिका सार्बजनिक गर्नुपर्ने लगायत अडान राखे पछी बैठक लगातार स्थगित हुँदै आएको छ ।
कांग्रेस भित्र सहमती जुट्न थप समय लाग्ने भएकाले बैठक स्थगित गरिएको बताइएको छ ।
भात्री संस्था,बिभाग गठन र महाधिबेशन कार्यतालिका लगायतका महत्वपुर्ण बिशयहरुमा सहमती जुटाएर मात्रै केन्द्रीय कार्यसमिति बैठक शुरु गर्ने कसरतमा नेताहरु लागेको कांग्रेसका एक केन्द्रिय सदस्यले न्यू सञ्चारलाई बताए ।
सहमती जुटाउन शिर्ष नेताहरुका बिचमा बिभिन्न चरणमा छलफल चलिरहेको र छलफल सहमतिउन्मुख रहेको बताइएको छ ।अरु बिषयमा सहमती नजिक पुगे पनि भात्री संस्थाको बारेमा सहमती जुट्न ढिला भइरहेको हो ।
लामो समय देखी रिक्त रहेको नेविसंघ गठन गर्दा न्याचोचित हिसाबले गर्नुपर्ने माग उठीरहेको छ भने तरुण दलको कार्यकाल थप गर्ने कि नगर्ने भन्नेमा पनि नेताहरु बिच मत बाझिएको बुझिएको छ ।








