नेकपाले पुस २० गतेलाई बोलायो केन्द्रीय समिति बैठक



न्यू सञ्चार,काठ्माण्डौ-

सत्तारूढ नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ।नेकपा कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक मिति तय गरेको हो ।

पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य बर्षमान पुनले जानकारी दिए।

नेकपा केन्द्रीय समितिमा चार सय ४५ सदस्य रहेका छन ।तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर नेकपा बनेपाचि यसअघि गत वर्ष जेठमा केन्द्रीय कमिटी बैठक बसेको थियो।

सचिवालय सदस्य  बामदेव गौतमलाई  उपाध्यक्ष बनाउने  एजेन्डाले पनि प्रवेश पाउनेछ। यसअघि नेकपा सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।

बैठकका एजेन्डा अहिले नै सार्वजनिक गरिएको छैन।

 

प्रकाशित मिति : पुस ५, २०७६ शनिबार  ११ : १४ बजे