मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोनिया गान्धीको भिडिओ प्रधानमन्त्री ओलीको ह्यान्डलबाट रिट्वीट कसरी भयो ? नेपाल प्रहरीले थाल्यो अनुसन्धान



न्यू सञ्चार, काठ्माण्डौ-

भारतको प्रतिपक्षी दल कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट रिट्वीट भएको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ।

‘अनुसन्धानका लागि हामीले टेक्निकल टोलीलाई खटाएका छौं, अनुसन्धानको विषय रहेकाले कति समय लाग्छ भनेर भन्न सकिएन,’ ब्युरोका एक अधिकारीले सेतोपाटीसँग भने, ‘समय नै तोकेर भन्न सकिन्नँ। चाँडै नै पत्ता लाग्छ।’

प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल ह्याक भएको हो वा पासवर्ड दुरूपयोग भएको हो भन्ने विषय पत्ता लागिनसकेको ती अधिकारीले बताए।

शुक्रबार बेलुकी कंग्रेस आई अध्यक्ष गान्धीले बोलेको उक्त भिडियो प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट रिट्वीट भए पछी त्यस बारेमा भारतिय सञ्चारमाध्यमहरुमा समेत समाचार हरु प्रकासित भएका छन भने यस प्रकरणले बालुवाटार मा समेत खैलाबैला मच्चाएको छ ।

भारतमा हाल सारकारले जारी गरेको नागरिकता विधेयकविरूद्ध आन्दोलन चली रहेको छ । उक्त विधेयकविरूद्ध भारतको प्रतिपक्षी दल कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले बोलेको भिडियो प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट रिट्वीट भए पछी यसले नयाँअ राजनितिक तरङ्ग सिर्जना गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : ०२ बजे