मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बम बनाउँदा बनाउँदै विप्लवका ५ नेता पक्राउ



काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाको कार्यालयमा प्रहरीले छापा मारेको छ । आइतबार प्रहरीको विशेष ब्यूरोले राजधानीको बूढानिलकण्ठस्थित नेकपाको कार्यालयमा छापा मार्दा बम बनाउँदै गरेको अवस्थामा पाँच जना पक्राउ गरेको हो ।

प्रहरीले युवा संगठनका केन्द्रीय सचिव संजीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालयका सचिव वकील घर्तीमगर, सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र दुर्गाबहादुर तामाङलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले विस्फोटक पदार्थ पनि बरामद गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ११ : ०८ बजे