सभापति देउवाले दिए भारतीय राजदूतलाई बिदाइ भोज



काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी बिदाइभोज दिएका छन् ।

सभापति देउवाले पुरीलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर भोजको आयोजना गरेका हुन् । भोजमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकास शरण महत लगायत नेताहरु पनि सहभागी थिए ।

पुरी मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको ३ वर्षे कार्यकाल सकिएको छ । उनी यही पुस १५ गते भारत फर्कने कार्यक्रम रहेको छ । भारत सरकारले भने नेपालका लागि कसलाई राजदूत तोक्ने यकिन गरिसकेको छैन ।

प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार  ११ : १८ बजे