मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किसुनजिलाई सम्झिने मात्र होइन पछ्याउने कोशिस गर्ने छौं : कांग्रेस नेता प्रदिप पौडेल



 

कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले सन्तनेता किसुनजीलाई सम्झिरहने मात्र होइन पछ्याउनुपर्ने बताएका छन ।

नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज परेको ९६औं जन्मजयन्तीमा सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया ब्यक्त गर्दै नेता पौडेलले काँग्रेसका संस्थापक नेता भट्टराईलाई राष्ट्रिय हितलाई सर्बोपरी ठान्ने नेताको रुपमा स्मरण गरेका छन ।

“सत्य,निष्ठा र आदर्श अनि निस्वार्थ राजनीति गर्ने भट्टराई लाई सम्झिरहने मात्र होइन पछ्याउने कोशिस गर्ने छौं” नेता पौडेलले ट्विटरमा उल्लेख गरेका छन ।

यसै बिच नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कृण्णप्रसाद भट्टराईको ९६ औं जन्मजयन्ती आज देशैभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

२०४६ सालको आन्दोलन पछी संबिधान जारी गरेर देशलाई नयाँ राजनितिक दिशा दिना सफल कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री भट्टराईलाई आदर्शबादी एबम सादगी र सफल नेताका रुपमा स्मरण गर्ने गरिन्छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  २ : १० बजे