मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सारियो



न्यू सञ्चार, काठ्माण्डौ-

भोली माघ १० गते बिहिबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिका लागी स्थगित गरिएको छ ।

उक्त बैठक २०७६ पौष ११ गते दिउँसो १ः०० बजे बस्ने भएको छ ।आगामी महाधिबेशनको कार्यतालिका विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि बैठल लगातार सर्दै आएको छ ।

बैठक बस्ने भनिएको पुस १० गतेनै खण्डग्रास सूर्यग्रहण लाग्ने भएकोले उक्त बैठक सार्न पार्टिका केन्द्रिय सदस्यहरुले माग गरी रहेको समेत कांग्रेसका एक केन्द्रिय सदस्यले न्यू सञ्चारलाई बताए ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पुस ११ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी सारिएको जानकारी दिए ।

आगामी महाधिबेशनको कार्यतालिका विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व लगायतका बिषयमा सहमती खोज्न नेताहरुका बिचमा छलफल चलीरहेको समेत बताइएको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : ०५ बजे