मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमसीसी माथी अनावश्यक शंकामात्र गरियो : परराष्ट्रमन्त्री ज्ञवाली



काठ्माण्डौ-

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसीका विषयमा अनावश्यक शंकामात्र गरिएको भन्दै आफ्नो गुनासो पोखेका छन् ।

आज बसेको राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा ज्ञवालीले यस्तो धारणा राखेका हुन् । उनले एमसीसीलाई अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोड्न आवश्यक नभएको बताए ।

बैठकमा उनले भनेका थिए,‘इन्डो प्यासिफिक रणनीति २०१७ बाट सुरु भएको देखिन्छ तर एमसीसीमा हामीले २०१७ मा सही नै गरिसका थियौं, बनको बाघले खाओस् नखाओस् मनको बाघले खाएको जस्तो देखिन्छ । एमसीसीलाई इन्डो प्यासिफिकसँग जोड्न आवश्यक छैन ।’

उनले संसदको यही अधिवेशनबाट एमसीसी पारित हुने पनि जिकिर गरे । उनले भने,‘नयाँ सदनमा एमसीसी हुने गरी अगाडि बढाइन्छ । अनुमोदन हुन्छ त्यसमा अलमलिनुपर्दैन।’

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : १८ बजे