उपसभामुख तुम्बाहाम्फेले आज राजीनामा दिँदै, अब सभामुख बन्ने सुबास नेम्वाङको पालो



न्यू सञ्चार,काठ्माण्डौ-

संसदको हिउँदे अधिवेशन अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने सत्तारुढ नेकपाको रणनिती अनुसार उपसभामुख शिवमाया तुम्बाहाम्फेले आज (राजिनामा) दिने राजीनामा दिने तयारी गरेकी छन्।

उनले आजै आफ्नो राजीनामा संसद सचिवालयमा दर्ता गराउने तयारी गरेको नेकपा निकट श्रोतले जानकारी दिएको छ । नेकपा अध्यक्षद्वय केपी ओलि र प्रचण्डको सल्लाह अनुसार राजीनामा पत्र संसद सचिवालयमा दर्ता गराउने तयारी गरेकी हुन ।

सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने संवैधानिक व्यवस्थाका कारण उपसभामुख तुम्बाहाम्फेले राजीनामा गर्नुपर्ने भएको हो । सभामुख पद नेकपाले आफूसँगै राख्न चाहेपछि उपसभामुखले राजीनामा दिने भएकी हुन्।

तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको आरोपमा राजीनामा दिएपछि दुई महिनादेखि सभामुख पद रिक्त छ। हाल रिक्त रहेको सभामुख बन्न थुप्रै नेताहरुको चाहना भएपनी प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुखमा समर्थन गरेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार नेम्वाङसँग अनुभव भएकाले उनलाई बनाउनुपर्ने पक्षमा ओली देखिएका हुन्।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड माठी पूर्व माओवादीभित्रै बाट सभामुख बनाउनु पर्ने दवाब रहे पनि नेम्वाङको नामप्रति प्रचण्डको पनि सहमति छ।

यस सगै नेम्वाङ आगामी सभामुख बन्ने लगभाग पक्का पक्की जस्तै देखिएको छ ।

प्रकाशित मिति : पुस १०, २०७६ बिहिबार  ६ : २९ बजे