मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी प्रमुख खनालको चीन भ्रमण सरकारले किन गर्‍यो रद्द ?



काठ्माण्डौ-

सरकारले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको छ। उनको स्थानमा डिआईजीलाई पठाउने निर्णय सरकारले गरेको छ।

आइजीपी खनाल र गृहमन्त्री रामबहादुर थापाले पुस २१ गतेदेखि सँगै चीन भ्रमण गर्ने तय भएको थियो । यधपी मन्त्रिपरिषद् बैठकले महानिरीक्षक सर्वेन्द्र खनालको चीन भ्रमण भने अस्वीकार गरेको हो ।

सरकारले गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको भ्रमण भने अनुमोदन गरेको छ।

चिनिया प्रहरिको समेत समान्वमा एकै पटक १ सय २२ चिनियाँ नागरिक पक्राउ गरे पछी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चीन भ्रमण रोक्न सरकारलाई अन्तर्‍आष्ट्रीय दबाब परेको चर्चा राजनितिक बृत्तमा चलेको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  ६ : ४२ बजे