काठ्माण्डौ-
सरकारले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको छ। उनको स्थानमा डिआईजीलाई पठाउने निर्णय सरकारले गरेको छ।
आइजीपी खनाल र गृहमन्त्री रामबहादुर थापाले पुस २१ गतेदेखि सँगै चीन भ्रमण गर्ने तय भएको थियो । यधपी मन्त्रिपरिषद् बैठकले महानिरीक्षक सर्वेन्द्र खनालको चीन भ्रमण भने अस्वीकार गरेको हो ।
सरकारले गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको भ्रमण भने अनुमोदन गरेको छ।
चिनिया प्रहरिको समेत समान्वमा एकै पटक १ सय २२ चिनियाँ नागरिक पक्राउ गरे पछी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चीन भ्रमण रोक्न सरकारलाई अन्तर्आष्ट्रीय दबाब परेको चर्चा राजनितिक बृत्तमा चलेको छ ।