मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरूण दल सुनसरीद्वारा विपन्न परिवालाइ न्यानो कपडा वितरण



इटहरी –

देशै भर बढी रहेको अत्यधिक चिसोले जनजिबन असहज बनाइरहदा तरूण दल सुनसरीले न्यानो कपडा वितरण गरेको छ ।

इटहरी १ र २० का १९ घर परिवारलाई गरिब तथा विपन्न परिवालाइ न्यानो कपडा वितरण गरिएको तरूण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले बताए ।

चिसो बढे सँगै मानिसहरूको जनजिवन प्रभावित भएको छ । चिसो सगै बढ्ने सितलहरले तराइका ले गरिब तथा विपन्न परिवारको जीवनलाई असहज बनाउने गरेको छ ।  सितलहरका कारण बर्सेनी धेरैको ज्यान समेत जाने गरेको छ । अत्यधिक चिसो बढिरहेकाले जाडोबाट कसैले ज्यान गुमाउनु नपराेस भनेर सानो भए पनि सहयोग अध्यक्ष गुरुङले बताए ।

गुरुङ सामाजिक क्रियाकलापहरूमा समेत निकै सक्रिय छन ।

 

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  ७ : ३९ बजे