काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री ओली नियमित मिर्गौला डायलासिसका लागि ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।
सेन्टरमा प्रधानमन्त्री ओलीको डायलासिस अहिले जारी छ। ‘नियमित डायलासिसका लागि जानुभएको हो। सकेर आजै निवास फर्किनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो।
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ।








